back
CTIZAN AD

ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनको आपत्ति

वि.सं.२०७८ भदौ ७ सोमवार

690 

shares

७ भदौ, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।

गठबन्धनले सोमबार एक विज्ञप्तिमार्फत् प्रमुख प्रतिपक्षी दलका नेताले सार्वजनिकरुपमा मिडियामा सभामुख विरुद्ध दिएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपालको संबैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो । सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् ।’  नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमख सचेतक देवप्रसाद गुरूङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठद्धारा सोमबार जारी विज्ञप्तिमा भर्निको छ ।

गठबन्धनले सभामुखविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति प्रकट गर्दै संबैधानिक मर्यादाको अवलम्बन गर्न समेत विज्ञप्तिमार्फत् अपिल गरेको छ ।

केही दिनअघि माधव कुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न भन्दै एमालेले पठाएको पत्रको वेवास्ता गरेको भन्दै अध्यक्ष ओलीले सभामुखप्रति आक्रोश व्यक्त गरेका थिए ।

ओलीले सार्वजनिक रुपमै ‘संसद चलाउन मन छ कि छैन ?’ भन्दै सार्वजनिक रुपमै सभामुखलाई प्रश्न समेत गरेका थिए ।

वि.सं.२०७८ भदौ ७ सोमवार १४:५८ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...