७ भदौँ, काठमाडौँ । अफगानिस्तानका विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन । इपिएलका लागि उनलाई चितवन टाइगर्सको टिमले अनुबन्धित गरेको छ ।
साहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध रहेका थिए । कोभिड-१९ को संक्रमण बढेसँगैं इपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् ।
मोहम्मद साहजादले अफगानिस्तानका लागि ६४ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन जसमा उनले १८६० रन बनाएका छन । त्यसक्रममा उनले १ सतक र ११ अर्धसतक बनाएका छन ।
चौंथो संस्करणको इपिएल असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुनेछ ।
वि.सं.२०७८ भदौ ७ सोमवार १६:१२ मा प्रकाशित





























