७ भदौ, काठमाडौं । कलाकार दीपकराज गिरीले कलाकार दीपाश्री निरौलालाई आफ्नो सबैभन्दा प्रिय साथी भनेका छन् ।
दीपाको जन्मदिनको अवसरमा सामाजिक संजाल फेसबुकमा शुभकामना दिँदै गिरीले दीपा र आफ्ना विगतका दिनहरुको स्मरण समेत गरेका छन् ।
उनले दीपालाई आफ्नो सबैभन्दा प्रिया साथी भन्दै ईश्वरले दीपालाई कतिखेर आफ्नोलागि आर्शिवाद बनाएर दीपालाई पठाएको पत्तै नपाएको समेत लेखेका छन् ।
‘त्यहि समय रेडियो नेपालमा एकदिन उनिसंग मेरो भेट भयो । त्यो भेट बिस्तारै सहकार्यमा बदलियो, ‘राम बिलास धनिया ५ बर्ष’ , ‘तीतो सत्य’ १२ बर्ष बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यहाँ आइपुगेको छु । मैले इश्वरसंग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!!’
वि.सं.२०७८ भदौ ७ सोमवार १७:०५ मा प्रकाशित





























