७ भदौ, काठमाडौं । सरकारले युद्धग्रस्त देशबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ ।
अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सरकारले उक्त निर्णय गरेकाले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अनुरोध गरेका छन् ।
अफगानिस्तानबाट यसअघि दुई चरणमा उद्दार गरी ल्याइएकालाई ट्रयाक गरी पोलियो खोप (पोलियो थोपा) दिने काम शुरु भैसकेको छ । https://t.co/0ZNmWcSSkm
— Umesh Shrestha (@MohpStateMin) August 23, 2021
‘अफगानिस्तानबाट फर्किएका (उद्दार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ । अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिनुहुन सूचित गरिएको छ ।’
वि.सं.२०७८ भदौ ७ सोमवार १७:५९ मा प्रकाशित






























