८ भदौ, काठमाडौँ । प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले बाहिर हल्ला चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने नभएकाे बताएकी छन् ।
दल दर्ताको लागि दिएको निवेदनमाथि निर्क्यौल गर्न निर्वाचन आयोगमा सनाखत गर्न जानु अघि चन्द्रागिरि हिल्समा बसेको भेलाबाटै नेतृ झाँक्रीले बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने नभएको बरु निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छन् ‘हामी भोली निर्वाचन आयोगमा सनाखत गर्नेछौँ। बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन। निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको छ। ’
भेलामा आफहरु पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन ? भन्ने राजनीतिक विषयहरूको छलफलमा रहेको समेत बताएकी छन् ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १८:१३ मा प्रकाशित






























