८ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मंगलवार थप ४ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा स्याङजाका ३ र कास्कीका १ गरी ४ जनाको मृत्यु भएको हो ।
मंगलवार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२४७ पुगेको छ ।
त्यस्तै प्रदेशमा मंगलवार म्याग्दीमा १०, पर्वतमा २८, गोरखामा २७, लमजुङमा २०, तनहुँमा ३४, कास्कीमा ११०, वाग्लुङमा ७०, स्याङजामा ३४ र नवलपरासीपूर्वमा ४१ जना गरी ३७४ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १८३ जना महिला र १९१ जना पुरुष रहेका छन । मंगलवार थपिएका ३७४ जनासँगै प्रदेशमा हालसम्म ७९ हजार ४०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७३ हजार ८५८ जना निको भइसकेका छन् । मंगलवार ६५४ जना संक्रमणबाट मुक्त भएका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ४,२९४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३,९९१ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा आज कोरोनाबाट थप २६९ संक्रमित, ४ जनाको मृत्यु
वि.सं.२०७८ भदौ ८ मंगलवार १७:४७ मा प्रकाशित





























