८ भदौँ, काठमाडौँ । आज सेयर बजार (नेप्से) ४८ दशमलब ४२ अकंल घटेर ३०७६ दशमलब ४५ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ६७ अकंले घटेर ५६७ अकंमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको १२ अर्ब ९ करोड २१ लाख ०३ हजार ५०३ रुपैंया बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख १८ हजार ९ सय ७२ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा अरुण काबेली पावर, रिडी हाईड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाईड्रोपावर, आईसीएफसी फाइनान्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, एनएमबी ५०, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा जिवन विकास लघुवित्त कम्पनीका लगानीकर्ताहरु परेका छन । उनीहरुले आज १० प्रतिशतले कमाएका छन । त्यसैगरी आईसिएफसी फाइनान्स, माउन्टेन इनर्जी, दिव्यश्वरी हाईड्रोपावर, साधना लघुवित्त लगातयका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन ।
आज सबै भन्दा धेरै गुमाउनेमा भने खानीखोला हाईड्रोपावर, जानकी फाइनान्स, जनरल एन्स्योरेन्स कम्पनी, नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
आज भएको कारोबारमा २१ कम्पनी लागनीकर्ताले कमाउदाँ १६२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७८ भदौ ९ बुधवार १५:२४ मा प्रकाशित


























