back
CTIZAN AD

निर्वाचन आयोगमा दर्ता भयो महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी

वि.सं.२०७८ भदौ ९ बुधवार

612 

shares

९ भदौ, काठमाडौं । महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधवार नयाँ दल दर्ताका लागि तत्कालिन जनता समाजवादी पार्टीका १४ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएसँगै आयोगले उक्त दल दर्ता गरेको हो ।

सरकारले राजनीतिक दल बिभाजन गर्नका लागि २० प्रतिशत सदस्य भए पुग्ने अध्यादेश जारी गरेसँगै महन्त ठाकुर पक्षले भदौ २ गते दल दर्ताका लागि सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

त्यसका लागि आयोगले बुधवार ११ः३० देखि २ बजेसम्मको समय दिएर सांसदहरुलाई सशरिर उपस्थित भएर सनाखत गर्न बोलाएको थियो ।

दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका १४ सासंदमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, उमाशंकर, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, दुलारीदेवी खँग खत्वे, चन्द्रकान्त चौधरी, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह रहेका छन् ।

यी हुन् ठाकुर नेतृत्वको दल दर्ताका लागि सनाखत गर्ने १४ सांसद

वि.सं.२०७८ भदौ ९ बुधवार २१:२५ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...