९ भदौ, काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ ।
बुधवार निर्वाचन आयोगमा पुगेर साबिक नेकपा (एमाले)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको केही समयपछि आयोगले उक्त दल दर्ता गरेर प्रमाणपत्र प्रदान गरेको हो ।

‘नेपाल कम्युष्टि पार्टी (एकिकृ माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट २०७८/५\९ मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ ।’ आयोगद्धारा दिइएको दल दर्ताको प्रमाणपत्रमा भनिएको छ ।
यी हुन् माधवकाे पक्षमा सनाखत गर्ने ३० सांसद र ५५ केन्द्रीय सदस्य (सूचीसहित)
वि.सं.२०७८ भदौ ९ बुधवार २१:३८ मा प्रकाशित






























