back
CTIZAN AD

जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

वि.सं.२०७८ भदौ १० बिहीवार

570 

shares

१० भदौँ, काठमाडौँ । जापानका बालबालिकाद्वारा आत्महत्या हुने घटनामा वृद्धि भएको देखिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ । बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ ।

कोरोनाभाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यसवर्ष बढी देखिएका छन् । विद्यालय जान नपाउँदा, बाहिर घुमफिर, हिँडडुल, खेलकुद गर्न नपाउँदा बालबालिकाहरूमा मानसिक समस्या भएर आत्महत्याका घटना बढेको हुनसक्ने विज्ञहरूले बताएका छन् ।

अघिल्लो वर्ष ४९९ बालबालिकाले आत्महत्या गरेकोमा यसवर्षको अहिलेसम्म पनि अघिल्लो वर्षको भन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

लामो समयसम्म घरमा बस्नुपर्ने बाध्यताले यस्ता घटनाहरू बढेको विश्वास गरिएको छ । विज्ञहरूले बालबालिकाको मनोविज्ञानको ठीक व्यवस्थापन तथा उपचारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०७८ भदौ १० बिहीवार १०:३२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...