back
CTIZAN AD

फुटबल विवाद : मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस

वि.सं.२०७८ भदौ १० बिहीवार

633 

shares

१० भदौँ, काठमाडौँ । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ ।

समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आज आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो । समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल ९सङ्घ० एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ ।

विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देश गरेको छ । खेलकूद क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । अल्मुताइरीले राजीनामासम्बन्धी आफ्नो विवादास्पद धारणा फेसबुकमार्फत सार्वजनिक गरेकामा त्यसलाई अविलम्ब हटाउन समितिले राखेपलाई सुझाव दिएको छ ।

अलमुताइरीले गत साउन १० गते फेसबुकमार्फत आफ्नो धारणा राख्दै राजीनामा दिएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंङ्कजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको धारणा अलमुताइरीले सार्वजनिक गरेपछि विवाद भएको थियो । विवादपछि राखेपले आफ्ना सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त समितिमा रोखेप सदस्य रेनुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ र चन्द्रबन्दना राई, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राखेप कानून शाखा प्रमुख नारायणराज अर्याल र राखेप सङ्घसंस्था समन्वय शाखा प्रमुख सरोजकुमार पोखरेल सदस्य रहेका छन ।

समितिले सो क्रममा १४ जनासँग बयान लिएको थियो । प्रतिवेदनमा समितिले एन्फालाई १५ दिनभित्र आचारसंहिता बनाई राखेपबाट स्वीकृत गराई लागू गर्न सुझाव दिएको छ । सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापासँग प्रशिक्षक अलमुताइरीको विवादबारे दुवै पक्षलाई बोलाइ समाधान गर्नसमेत सो प्रतिवेदनले एन्फालाई निर्देश गरेको छ ।

आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैँ समाधान गर्ने तथा नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्न पनि सुझाव दिइएको छ । कुवेती नागरिक अलमुताइरी २०७७ चैतमा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

वि.सं.२०७८ भदौ १० बिहीवार १०:२१ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...