back
CTIZAN AD

भारत विरुद्ध जो रुटले बनाए लगातार तेस्रो सतक, इंग्ल्यान्डले लियो विशाल अग्रता

वि.सं.२०७८ भदौ ११ शुक्रवार

693 

shares

११ भदौँ, काठमाडौँ । इंग्ल्यान्ड क्रिकेट टिमका कप्तान जो रुटले भारत विरुद्धको तेस्रो टेस्टमा पनि सतक जडेका छन । रुटको भारत विरुद्ध यो लगातार तेस्रो सतक हो । कप्तान रुट तेस्रो टेस्टमा १२१ रनको शानदार पारी खेल्दैँ आउट भएका छन ।  उनले भारतको विरुद्धको पहिलो र दोस्रो टस्टमा पनि सतकीय पारी खेलेका थिए ।

जारी टेस्टको दोस्रो दिनको खेल सकिँदासम्म इंग्ल्यान्डले ८ विकेट गुमाएर ४२३ रन बनाएको छ । इंल्याण्डका लागि डेविड मलानले ७०, हासिब हामिदले ६८, रोरी बुर्न्सले ६१, जोनी बेयर्स्टोले २९ रनको पारी खेलेका थिए । इंल्याण्डका लािग क्रेग ओभर्टन २४ र ओली रोबिनसन शून्य रनमा अविजित रहेका छन् । बलिङमा भारतका मोहमद शामीले सर्वाधिक ३ विकेट लिएका छन ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारत आफ्नो पहिलो इनिङ्गसमा ७८ रनमा अलआउट हुन पुगेको थियो । दोस्रो दिनको खेल सकिँदासम्म इंल्याण्डले ३४५ रनको विशाल लिड लिएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार ११:५७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...