back
CTIZAN AD

स्वास्थ्य मापदण्डको पालना गर्दै बन्द विद्यालय सञ्चालनको तयारी

वि.सं.२०७८ भदौ ११ शुक्रवार

597 

shares

११ भदौ, राजविराज । स्वास्थ्य मापदण्डको पालना गर्दै बन्द विद्यालय सञ्चालनको तयारी गरिएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको हो । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् ।

जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताए ।

उनले भने,“हामीले पहिलो चरणमा छलफल गर्यौँ, थप छलफल जारी नै छ, अझै निष्कर्षमा पुग्न सकिएको छैन, कोभिड–१९ महामारीका कारण महिनौँदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको छ ।”

स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ ।

विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरुको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ । साथै विद्यालय बन्द हुँदा अधिकांश युवा लागुऔषधतर्फ आकर्षित भएको देखिएको बताइन्छ ।

त्यस्तै विद्यालय बन्दका कारण पढाइ छाडेर दिनभरि बालबालिका खेल्नमै रुचि राख्नाले उनीहरुको पढाइ प्रभावित भएको शिक्षिका ममता यादवले बताए ।

 

वि.सं.२०७८ भदौ ११ शुक्रवार ११:४३ मा प्रकाशित

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...