११ भदौँ, काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमान विरुद्धको त्रिकोणात्मक श्रृखलाको लागि अमेरिकाले आफ्नो टिमको घोषणा गरेको छ ।
अमेरिकाले सौरभनेत्रभाल्करको कप्तानीमा १४ खेलाडीको नाम सार्वजिनक गरेको हो । अमेरिकाको गजानन्द सिंह, अभिषेक परदकर, सुशान्त मोदानी र डोमिनिक रिकीलाई पहिलो पटक टिममा मौका दिएको छ भने उपकप्तानको जिम्मेवारी एरोन जोन्सलाई दिएको छ ।
नेपाल र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नु अघि अमेरिकाले पपुवा न्यु गिनीसँग एकदिवसीय सिरिज खेल्नेछ । त्यसपछि अमेरिकाले नेपाल र ओमान विरुद्ध विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । लिग-२ अन्तर्गतको पहिलो खेलमै अमेरिकाले नेपालको सामना गर्ने छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष ३ टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
नेपाल र ओमान विरुद्धको त्रिकोणात्मक श्रृखलाको लागि अमेरिकाको टिम :
सौरभ नेत्रभाल्कर (कप्तान), एरोन जोन्स (उपकप्तान), अभिषेक परदकर, डोमिनिक रिखी, एल्मोर हचकिन्सन, गजानन्द सिंह, जसदीप सिंह, जस्करन मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसर्ग पटेल, नोस्थुश केन्जिगे, स्टेभेन टेलर, सुशान्त मोदानी, ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:४० मा प्रकाशित


























