back
CTIZAN AD

तालिबानको पुनरोदय र अमेरिका

वि.सं.२०७८ भदौ ११ शुक्रवार

642 

shares

आखिर २० वर्षसम्म सैनिक कब्जा र ठूलो लगानी गरेर पनि अफगानिस्तानबाट अमेरिका इज्जतपूर्वक फर्किन पाएन । अन्ततः अफगान राष्ट्रिय सेना पनि थला परेर आत्मसमर्पण गरेको अवस्था देखियो । राष्ट्रपति अशरफ घानी देशै छोडेर भाग्न बाध्य भए । अफगानिस्तानको सत्ता तालिबानले फटाफट कब्जा गरेर फिर्ता लियो । यी सबै घटनाक्रम कम गम्भीर प्रकृतिका र कम सन्देहपूर्ण छैनन् भन्ने निष्कर्ष निकाल्न धेरै माथापच्ची गरिहनु पर्दैन । बिगत चार दशकदेखिको अनुभव संगालेका एक अपगानी नागरिकले खिन्न हुँदै भनेका छन् – ‘हाम्रो पिढी यस्तो दुर्भाग्यशाली पिढी हो, जसले बितेका चार दशकमा एक दिन पनि शान्ति देख्न पाएन, विश्वभरिका मानिसहरुको शान्तिको प्रयत्न अफगानिस्तानमा कहिलेसम्ममा पुग्ने हो कसैले भन्न सक्तैन’ ।

अमेरिकाले यो बितेको २० वर्षमा अफगानिस्तानको आफ्नो अभियानमा २० खर्ब डलर खर्च गरेको विश्लेषकहरुले औल्याइरहेका छन् । जतिबेला अफगानिस्तान कब्जा गर्ने अभियान उत्कर्षमा थियो त्यतिबेला त्यहाँ नाटोका १ लाख ३० हजार सेना तैनाथ थिए । अनि अफगानी राष्ट्रिय सेना गठन गर्नकै लागि पनि १ सय ३२ अर्बभन्दा बढी खर्च लागेको बताइन्छ ।

अमेरिका र नाटो सेनाले दुइ दशक अघि अफगानिस्तानमाथि हमला गरेर त्यहाँको तालिबानी सत्तालाई पल्टाएको थियो । त्यसको २० वर्ष पछि पुनः आज तालिबान नै त्यहाँको सत्तामा फर्किएको छ । अमेरिकाले यो बितेको २० वर्षमा अफगानिस्तानको आफ्नो अभियानमा २० खर्ब डलर खर्च गरेको विश्लेषकहरुले औल्याइरहेका छन् । जतिबेला अफगानिस्तान कब्जा गर्ने अभियान उत्कर्षमा थियो त्यतिबेला त्यहाँ नाटोका १ लाख ३० हजार सेना तैनाथ थिए । अनि अफगानी राष्ट्रिय सेना गठन गर्नकै लागि पनि १ सय ३२ अर्बभन्दा बढी खर्च लागेको बताइन्छ । यसमा बेलायत तथा नाटोमा सामेल अमेरिकाका अन्य सहयोगीहरु मिलेर खर्च गरेको अर्बौं डलरको हिसाब त सामेल गरिएको पनि छैन । त्यो अलग्गै छ ।

यतिबेला अर्को के कुरा उरालिँदै छ र प्रमाणित गर्ने प्रयत्न गरिँदैछ भने अफगानिस्तानमा कसरी अमेरिका र पश्चिमा शक्तिहरु मिलेर बितेको बीस वर्षमा ‘लोकतान्त्रिक’ राज्य संरचना खडा गर्ने कोशिशमा लागेका थिए । तर त्यहाँ २० वर्षमा अमेरिका र उसका सहयोगी नाटो सैनिकहरुले गरेका भीषण बमबारीमा हजाराैँ अफगानीहरु मारिएको कुरालाई चटक्कै छोडिएको छ । वास्तवमा बीस वर्षको यो लगातारको लडाईमा त्यहाँ कूल असैनिक मृत्युमध्ये ४० प्रतिशत केवल यस्तै बमबर्षाबाटै मात्र भएको बताइन्छ । अहिले एक थरी सञ्चार माध्यहरुले यो कुरालाई जानाजान लुकाएकाको देखिन्छ कि वस्तुतः अशरफ घानीको सरकारलाई भन्न सुहाउने कुनै जन समर्थन अफगानिस्तानमा हासिलत थिएन । उनी नराम्रोसँग भ्रष्टाचार डुबेका थिए । अनि त्यस अनैतिकताको सबैभन्दा नराम्रो असर त्यहाँ खडा गरिएको अफगानी सेनामा परेकामा कुनै सन्देह रहँदैन । उनीहरुको आत्मसमर्पणले त्यही मनोदशा दर्शाउँदछ ।

सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकाको ट्वीन टावरमाथिको हमला पछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशले जुन ‘आतंक विरोध युद्ध’को घोषणा गरेका थिए त्यसको आफ्नो इतिहास पनि अत्यन्तै सन्देहास्पद थियो । के बिर्सन मिल्दैन भने अफगानिस्तानमा त्यो युद्धको तारो तालिबान सत्ता र ओसामा बीन लादेन स्वयं नै त्यो कथित ‘आतंकवाद बिरोधी युद्ध’कै पोष्य पुत्र थिए किनकि सन् १९८० को दशकमा अफगानिस्तानमा तत्कालीन सोभियत सेनाको उपस्थितिका विरुद्ध मुजाहिद्दीनका नामबाट त्यो युद्ध छेडिएको थियो । त्यसलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी आईएसआईद्वारा उपलब्ध गराउने गरेको पैसा र हतियार प्रदान गर्ने गरेको कुरा त्यतिबेला विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट सार्वजनिक हुने गरेको थियो । त्यसै क्रममा नै ओसामा बीन लादेन र विभिन्न इस्लामिक अतिवादी तत्वहरुलाई जुटाइने गरेको थियो र पछि त्यसैलाई रुपान्तरण गरेर अलकायदाको रुपमा खडा गरिएको थियो । जहाँसम्म अहिलेको यो तालिबानको प्रश्न छ तिनीहरु मूख्यतः अफगानिस्तानको पख्तुन समुदायसँग सम्बन्धित अफगान मुजाहिद्दीन फौजकै सन्तान हुन् भन्ने इतिहास रहेको छ ।

तालिबान प्रतिनिधि र ओसामा बिन लादेन । तस्बिर : अलजजिरा
तालिबान प्रतिनिधि र ओसामा बिन लादेन । तस्बिर : अलजजिरा

तालिबान सत्ता र ओसामा बीन लादेन स्वयं नै अमेरिकाले सुरु गरेको कथित ‘आतंकवाद बिरोधी युद्ध’कै पोष्य पुत्र थिए किनी सन् १९८० को दशकमा अफगानिस्तानमा तत्कालीन सोभियत सेनाको उपस्थितिका विरुद्ध मुजाहिद्दीनका नामबाट त्यो युद्ध छेडिएको थियो । त्यसलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी आईएसआईद्वारा उपलब्ध गराउने गरेको पैसा र हतियार प्रदान गर्ने गरेको कुरा त्यतिबेला विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट सार्वजनिक हुने गरेको थियो ।

त्यतिबेलाको राष्ट्रपति बुश र उनका अनुदारपन्थी सल्लाहाकारहरुद्वारा छेडिएको त्यो ‘आतंक बिरोधी युद्ध’ तुरुन्तै अमेरिकी प्रभूत्ववादी मनसुवालाई अघि बढाउने हतियारकोरुपमा परिणत भयो । अफगानिस्तानपछि २००३ को मार्चमा अर्को तारो इराकलाई बनाइयो । इराकका राष्ट्रपति सद्दाम हुसेनलाई अफगानिस्ताको अलकायदासँग तार जोडिएको र संहारकारी रासायनिक हतियार बनाइएको भन्ने आधारहीन आरोप लगाइयो । यथार्थ के थियो भने वास्तवमा सद्दाम हुसने धर्मनिरपेक्ष शासन चलाउन थालेका कारण ओसामा बिन लादेनले उनलाई ‘नास्तिक’ भनेर भत्र्सना गरेको कुरा पनि त्यही बेला ठूलो चर्चामा आएको कुरा हो । बर्बादीको त्यही क्रमलाई जारी राख्दै अमेरिकाले त्यो ‘आतंकविरुद्ध युद्ध’लाई लिबिया र सीरियासम्म पनि फैलायो ।

विश्वमा यो एउटा सबैले सचेत हुनुपर्ने सत्य कुरा– जहाँसुकै पनि साम्राज्यवादी आक्रमण र कब्जा भएको छ त्यसले अझ बढी आतंकवाद तथा आतंकवादी संगठन नै पैदा गर्दै गएको छ । इराक र सीरियामा अल कायदा र अझ त्यसभन्दा पनि खुंखार इस्लामिक स्टेट नामको अतिवादी गुटको उदय भयो । लीबियालाई ध्वस्त पारिसकेपछि विभिन्न किसिमका अतिवादी इस्लामी गुटहरु देखा परे । तिनले अगाडि गएर आफ्नो प्रभूत्व उत्तर–पश्चिम अफ्रिकामा फैलाए । यसरी के देखिन्छ भने साम्राज्यवाद र आतंकवाद सँगसँगै चल्ने गरेका हुन् ।

यस परिप्रेक्ष र पृष्ठभूमिमा हेर्दा तालिबानको चरित्र प्रतिकृयावादी र पुरातनपन्थी देखिन्छ । यस प्रकारको पृष्ठभूमि भएको तालिबान सत्तामा आउँदा चिन्ता र सन्देह प्रकट गरिनुलाई अन्यथा भन्न मिल्दैन । त्यसैले अब अफगानिस्तानको भविष्य के–कस्तो हुने हो भन्ने संशय व्याप्त छ । मूख्य कुरा के छ भने जे जसरी सत्तामा प्रभूत्व जमाउन तालिबान आएको भए पनि अब उसले त्यहाँको जतीय विविधता, महिला अधिकार अनि त्यहाँका अल्पसंख्यकहरुसँग कस्तो व्यवहार गर्छ र के कस्ता नीतिहरु अघि सार्दछ त्यसमा उसको र मूलतः अफगानिस्तानको भविष्य निर्भर हुनेछ ।

तालिबान सत्ता र ओसामा बीन लादेन स्वयं नै त्यो कथित ‘आतंकवाद बिरोधी युद्ध’कै पोष्य पुत्र थिए किनकि सन् १९८० को दशकमा अफगानिस्तानमा तत्कालीन सोभियत सेनाको उपस्थितिका विरुद्ध मुजाहिद्दीनका नामबाट त्यो युद्ध छेडिएको थियो । त्यसलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी आईएसआईद्वारा उपलब्ध गराउने गरेको पैसा र हतियार प्रदान गर्ने गरेको कुरा त्यतिबेला विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट सार्वजनिक हुने गरेको थियो ।

विगतको तालिबानको सत्तामा उपयुक्त तीनै क्षेत्रमा त्यसको चरित्र निकै नृशंस र प्रतिगामी प्रकृतिको देखिएकै हो । त्यसैले पनि होला कि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को यही अगष्ट १६ मा बसेको बैठकमा एउटा साझा प्रकृतिको समझदारी बनेर आएको छ । त्यो समझदारी के भने – निर्णायक लक्ष्मण रेखा यो हुनु पर्दछ कि ‘इस्लामिक स्टेट तथा अल कायदा’ जस्ता आतंकवादी गुटहरुलाई अफगानिस्तानको भूमिमा शरण दिइनु हुँदैन । यो वास्तवमा बिभिन्न देशहरु खाशगरी अफगानिस्तानमा लगानी गर्ने देशहरुको निकै ठूलो चिन्ताकै बिषय थियो र हो ।

खाशगरी अफगानिस्तानमा पुनस्र्थापित तालिबानी सत्ताका कारण विकसित भइरहेको घटनाले दक्षिण एशियामा पनि प्रभाव पार्न सक्ने र इस्लामिक कट्टरतावाद र अतिवादले टाउको उठाउन सक्ने आकंलन र चिन्ता पनि एकथरीले गरिरहेका छन् । यो अस्वाभाविक पनि होइन । अनि तालिबानले सबैभन्दा पहिला आफुलाई रुपान्तर गर्न सकेन र पुरानै असफल बाटोमा चल्न खोज्यो भने उसले अन्तर्राष्ट्रिय र जोडिएका छिमेकी देशहरुको समर्थन र सहयोग पनि गुमाउन सक्ने कुरा पनि टड्कारो नै छ । समग्रमा कहि पनि विश्वमा साम्राज्यवाद र आतंकवाद अन्तत असफल हुन्छन् । तिनले बर्बादी सिवाय अरु केही ल्याउँदैनन् भन्ने सबैभन्दा ठूलो शिक्षा हो । अफगानिस्तानमा अमेरिकी असफलताले यही कुरा प्रष्ट पार्दछ । अरु केही होइन । हामी नेपालीले पनि यो पछिल्लो परिघटनाबाट यही पाठ सिक्नु पर्ने हो ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:५१ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...