back
CTIZAN AD

सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका निधिले लिए मठमन्दिरका पूजारीको आर्शिवाद

वि.सं.२०७८ भदौ ११ शुक्रवार

633 

shares

११ भदौ, काठमाडौं । आगामी मंसिरमा हुने १४ औं महाधिबेशनका लागि नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिन लागेका उपसभापति विमलेन्द्र निधीले सबै मठ मन्दिका पूजारीहरुको आर्शिवाद लिएका छन् ।

चुनावी अभियानका लागि उपसभापति निधिले थापा गाउँस्थित बानेश्वर बैंक्वेटलाई सम्पर्क कार्यालय बनाएर आज त्यसको उद्घाटन समेत गरेका छन् ।
उक्त कार्यालयको निधिले शुक्रवार समर्थक, शुभेच्छुक, नेता तथा कार्यकर्ताको उपस्थितिमा उद्घाटन गरेका छन् । कार्यालयमा स्वास्थ्योपचारको समेत व्यवस्था गरिएको जनाइएको छ ।

बिभिन्न मठ मन्दिका पूजारीबाट आर्शिवाद
सभापतिको निर्वाचनको तयारीमा रहेका निधिले आज पशुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वर लगायत विभिन्न मन्दिरका पूजारी तथा पण्डितहरूबाट आर्शिवाद लिएका छन् ।

May be an image of one or more people, people sitting, people standing and indoor

निधिले शक्रवार बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयको उद्घाटन गर्नुकाका साथै आर्शिवाद लिएका थिए ।निधिलाई आर्शिवाद दिन पूजारीहरु सम्पर्क कार्यालयमै आइपुगेका थिए ।

निधिले आफु सभापतिमा उठ्ने बताउँदै पार्टीका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई सघाउन भनेका थिए । तर, सभापति देउवाले चुनावमा पुनः सभापतिमा उम्मेदवारी दिने बताएपछि निधिले देउवासँग चुनावी प्रतिश्पर्धा गर्न लोगेको बताइएको छ ।

May be an image of 3 people and people standing

वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:०८ मा प्रकाशित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...