भदौ ११, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । एकीकृत समाजवादीले नेकपा हुँदाकै समयका सदस्यहरुलाई राखेर स्थायी कमिटी बनाएको हो ।
प्रारम्भिक रुपमा बनाइएको स्थायी कमिटीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । बताइएअनुसार प्रारम्भिक रुपमा बनाइएको यो कमिटी विस्तार हुनेछ ।
राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन हुने बताइएको छ ।
नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १८:०१ मा प्रकाशित






























