back
CTIZAN AD

तेस्रो टेस्टमा भारत पराजित, इंल्याण्डले गर्यो श्रृखलामा बराबरी

वि.सं.२०७८ भदौ १३ आइतवार

690 

shares

१३ भदौँ, काठमाडौँ । भारत र इंल्याण्ड बिचको तेस्रो टेस्टमा भारत इनिङ्गस र ७६ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारत आफ्नो पहिलो इनिङ्गसमा ७८ रनमा अलआउट हुन पुुगेको थियो । भारतका लागि ब्याटिङ्गमा रोहित शर्माले सर्वाधिक १९ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा क्रेग ओभरटनले सर्वाधिक ३ विकेट लिएका थिए ।

भारत अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको इंल्याण्डले आफ्नो पहिलो इनिङ्गमा ४३२ रन बनाउदैँ ३५४ रनले अग्रता लिएको थियो । पहिलो इनिङ्गमा इंल्याण्डका लागि ब्याटिङ्गमा कप्तान जो रुटले १२१ रनको शानदार पारी खेलेका थिए । भारतका लागि बलिङ्ग तर्फ मोहम्मद शमीले सर्वाधिक ४ विकेट लिएका थिए ।

पहिलो इनिङ्गमा ३५४ रनले पछि परेका भारत आफ्नो दास्रो इनिङ्गसमा पनि २७८ रनमा आउट भएपछि इंल्याण्डले इनिङ्गस र ७६ रनले जित हासिल गरेको हो । दोस्रो इनिङ्गसमा भारतका लागि चेतेश्वर पुजारले सर्वाधिक ९१ रनको पारी खेलेका थिए भने रोहित शर्मा ५९ र विराटको कोहली ५५ रनको अर्धसतकीय पारी खेलेर आउट भएका थिए । इंल्याण्डका लागि बलिङ्ग तर्फ ओली रोबिन्सनले उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ५ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ५ खेलको टेस्ट श्रृखलामा १-१ ले बराबरी गरेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १०:२२ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...