१४ भदौँ, काठमाडौँ । जिम्बावेका क्रिकेट टिमका ब्याट्सम्यान सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन । इपिएलको चौथो संस्करणका लागि विराटनगर वारियर्सले उनलाई टिममा अनुबन्धित गरेको हो ।
सिकन्दर राजाले जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी-२० खेल खेलेका छन जसमा उनले ४६५४ रन बनाएका छन । उनीसँग पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव पनि रहेको छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार १२:२६ मा प्रकाशित


























