back
CTIZAN AD

सत्ता गठबन्धनको बैठक : बुधबारसम्म मन्त्रिपरिषद विस्तार, बजेट संशोधन गर्ने सहमति

वि.सं.२०७८ भदौ १४ सोमवार

795 

shares

भदौ १४, काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णंता दिन सहमत भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरुको बैठकमा यस्तो सहमति भएको हो । एकिकृत समाजवादीका नेता डा. विजय पौडेलका अनुसार आगामी बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णंता दिन सहमति जुटेकाे छ ।

त्यस्तै बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सच्याउने पनि निर्णय भएको छ । उनका अनुसार आवश्यक कानून बनाएर बजेट सच्याउन सत्ता साझेदार दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।

दलहरुबीच यसअघि नै मन्त्रालय संख्याको बाँडफाँडका विषयमा मोटामोटि छलफल भएको थियो । बताइएअनुसार संख्याको विषयमा टुंगो लगाइएपनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा सहमति भईसकेको थिएन । बताइएअनुसार आज वा भोलीभित्रै शीर्ष नेताहरुबीच बसेर उक्त विषयमा पनि निर्णय लिने बैठकमा सहमति भएको छ ।

सरकार गठनको झण्डै डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदले पूर्णंता नपाएकोमा सरकारको आलोचना हुने गरेको छ । गठबन्धनका दलहरु यसअघि पनि पटक–पटक छलफलमा बसेपनि निष्कर्ष भने निस्कन सकेको थिएन ।

सम्बन्धित समाचार

बालुवाटारमा गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तारबारे टुंगो लगाउने तयारी

वि.सं.२०७८ भदौ १४ सोमवार १२:१४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...