१४ भदौ, साउदी । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि राजेन्द्र अर्यालले मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि साउदीमा रहेका अर्यालले एनआरएनए मध्यपर्वको उपसंयोजक रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका अर्यालले संघको आगामी (२०२१–२०२३) लागि सबैको साथ सहयोगको अपेक्षा गरेको बताएका छन् ।
अर्यालले उपसंंयोजकमा उम्मेदवारी घोषणा गर्दै राहत र उद्दार कार्यमा सदैव तत्पर रहने, बैदेशिक रोजगार ऐन २०६४ लाइ पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन सरोकारवालाहरू संग पहल गर्ने, संघद्वारा संचालित परियोजनामा मध्यपूर्बका नेपालीहरुलाई प्राथमिकताका आधारमा लगानीको वातावरण बनाउनका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै अन्य सामाजिक संघ÷संस्थासँग मिलेर सहकार्य गर्ने, अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसंँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्ने लगायतका प्रतिबद्धता गरेका छन् ।

वि.सं.२०७८ भदौ १४ सोमवार १२:४० मा प्रकाशित




























