back
CTIZAN AD

को होला नेकपा (एस)को महासचिव ? यी हुन् महासचिवका आकांक्षी

वि.सं.२०७८ भदौ १४ सोमवार

876 

shares

भदौ १४, काठमाडौं । नेकपा (एमाले)बाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)को नेतृत्वको टिमको विषयमा अहिले निकै चर्चा छ । मुख्यतः अध्यक्षपछिको महत्वपूर्णं पद महासचिवमा को आउला भन्ने चाँसो सबैतिर देखिन्छ ।

एसभित्र महासचिवका आकांक्षीहरु पनि थुप्रै देखिएका छन् । महासचिवका लागि एसमा दोस्रो तह मात्रै नभई तेस्रो तहका नेताहरु पनि आंकाक्षी देखिएका छन् ।

अहिले मुख्यगरि राजेन्द्र पाण्डे र गंगालाल तुलाधरको नाम चर्चामा छ । तर पाण्डे र तुलाधरसँगै विरोध खतिवडा, जगन्नाथ खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र रामकुमार झाँक्रीलगायतको नाम पनि महासचिवका लागि जोडिएर आएको छ ।

नाम चर्चामा आएका मध्ये एकीकृत समाजवादीको गठनसम्म भित्रि र बाहिरि हिसाबले निकै महत्वपूर्णंं भूमिका खेलेका राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीको नाम पार्टीभित्र बढि महत्वका साथ लिइएको नेताहरु बताउँछन् । कतिपय नयाँ ढंगबाट पार्टीलाई लैजानुपर्ने आवश्यकता भएको भन्दै यूवा पुस्तालाई अगाडि सार्नुपर्ने बताईरहेका छन् ।

राजेन्द्र पाण्डेको तयारी दुवै तिर

एसभित्र राजेन्द्र पाण्डे बढि प्राथमिकतामा परेका छन् । बागमती प्रदेशका सांसद पनि भएको कारण उनको भूमिकालाई महत्वका साथ हेरिएको हो ।

गठबन्धन बागमतीको सरकार परिवर्तन गराएर माधव पक्षलाई नेतृत्व दिने तयारीमा छ । बागमतीको नेतृत्वमा पाण्डे निर्विकल्प जस्ता पात्र हुन् । बागमतीको मुख्यमन्त्री बनेमा उनी पार्टीको केन्द्रमा महत्वपूर्णं भूमिकामा नदेखिन सक्छन् ।

एक सार्वजनिक कार्यक्रममा पाण्डेले आफ्नो इच्छा पार्टी भूमिका तिरै भएको बताएका थिए । तर, प्रदेशमा उनको उपस्थिति आवश्यक देखिएको कारण के हुने अन्यौंल छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १४:३६ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...