back
CTIZAN AD

सिद्धार्थ राजमार्ग अवरुद्ध, सञ्चालनमा ल्याउन सकस

वि.सं.२०७८ भदौ १४ सोमवार

753 

shares

१४ भदौ, वालिङ । अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

राम्दीस्थित बजारभन्दा माथिबाट ठूलाठूला चट्टानसहित पहिरो आएका कारण अवरुद्ध बनेको सडक खुलाउनका लागि डोजरमार्फत ढुङ्गा फुटाउने कार्य भइरहेको तर निरन्तर वर्षाका कारण समस्या उत्पन्न भएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार सडकको बीच भागमा ठूलाठूला चट्टान भएकाले त्यसलाई नफोड्दासम्म पहिरो हटाउन समस्या भएको छ । “धेरै अनि ठूला ढङ्गा बजारमै झरेकाले सावधानीपूर्वक फोड्ने कार्य भइरहेको छ”, प्रवक्ता अधिकारीले भने, “निरन्तरको वर्षा र सोही ठाउँभन्दा माथिको ढिस्को चर्किएर बसेको हुँदा सम्भावित घटना घट्न नदिनका लागि सचेतना अपनाइएको छ ।”

स्याङ्जा जिल्लाभित्र सिद्धार्थ राजमार्गका अन्य ठाउँमा गएका पहिरो पन्छ्याइएको छ । जिल्लाभित्र राजमार्गको अन्य भागमा यातायात सञ्चालनमा रहेतापनि राम्दीमा झण्डै १८ घण्टादेखि अवरुद्ध भएकाले उक्त मार्ग भएर तत्काल यात्रामा ननिस्कन प्रहरी प्रवक्ता अधिकारीले सुझाव दिए ।

पानी आइरहेकाले तत्काल सडक सञ्चालनमा आउन नसक्ने र समय लाग्ने भएको हो । राजमार्ग अवरुद्ध भएपछि हिजोदेखि नै सवारीसाधन तथा यात्रु बाटोमै अलपत्र छन् । सोही पहिरोमा परी स्याङ्जाको वालिङ १४ की धनमाया उम्राको पुरिएर मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका थिए भने स्थानीयवासीका तीन वटा घरमा पूर्ण क्षति पुगेको थियो ।
रासस

वि.सं.२०७८ भदौ १४ सोमवार १४:४० मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...