back
CTIZAN AD

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

वि.सं.२०७८ भदौ १४ सोमवार

621 

shares

१४ भदौँ । चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

समाचारअनुसार उहाँहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ । यसका अतिरिक्त उहाँहरुबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस क्रममा उनीहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।

अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए ।

साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए ।

यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्तराज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए ।

हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ ।

आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरुको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविश्य निर्धारण हुने पनि उहाँहरुबीच कुराकानी भएको सो समाचर समितिले जनाएको छ ।

अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरु आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरुलाई सुरक्षितरुपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्वसमुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए ।

वि.सं.२०७८ भदौ १४ सोमवार १४:४३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...