back
CTIZAN AD

एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजमा सागर सुवेदीद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७८ भदौ १४ सोमवार

963 

shares

१४ भदौ, अष्ट्रिया । एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजकमा अष्ट्रियाबाट सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वतको कुश्मा नगरपालिका ११ घर भइ १० वर्षदेखि अष्ट्रियामा रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका सुवेदीले एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अष्ट्रियामा रहेर एनआरएनएमार्फत् सक्रिय रुपमा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सुवेदी एनआरएनए अष्ट्रियाको दुई कार्यकाल सचिव भएर काम गरिसकेका व्यक्तित्व हुन् ।

संस्थाभित्र रहँदा होस् वा बाहिर रहेर विदेशमा रहने नेपालीको सुख दुःखमा सदैव साथ र सहयोग गर्दै आएका सुवेदीले गैरआबासीय नेपाली संघको रुपान्तरण अहिलेको प्रमुख मुद्दा रहेको बताउँदै गर्न नसक्ने विषयमा मतदाताका अगाडि बोल्ड नारा दिनुभन्दा गर्न सकिने विषयलाई उठाउनु राम्रो हुने आफ्नो मान्यता रहेको बताउँछन् ।

‘सोही परिबर्तनका लागी आवाज बाहिर मात्र नभएर संगठनभित्र पनि आबश्यक हुन्छ । सहि व्यक्तिलाई दिने मतले सहि गन्तब्य निर्धारण गर्दछ । सबैको सहयोगको अपेक्षामा ।’ उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् ।

एनआरएनएको केन्द्रीय स्वास्थ्य समितिको सदस्य समेत रहेका सुवेदीले कोरोनाका कारण विश्व नै आक्रान्त रहेका बेला सामाजिक संजालमार्फत् नेपालीहरुमा कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा जनचेतना फैलाउने काम समेत गरेका थिए ।

संघमा नयाँ ऐजेन्डा भन पनि भएका ऐजेन्डालाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा जोड दिँदै उनी भन्छन्–‘एनआरएनएमा कुरा ठूलो गर्ने तर सिन्को नभाँच्ने प्रवृत्ति हाबी छ । अहिले संघलाई जसरी प्रयोग गरिएको छ त्यसरी प्रयोग नगरेर संघलाई संघकै रूपमा सशक्त बनाइ डायस्पोराबाट नेपाल जोड्ने काम गर्नुपर्दछ ।’ उनले भने ।

May be an image of Sagar Subedi and text that says 'संघमा नयाँ एजेन्डा भन्दा पनि भएका एजेन्डालाई कार्यनयन गर्न NRN Rerider Nepali Anodation VOTE Europe Sagar Subedi DRC CANDIDATE 2021-2023 NRNA, ICC'

वि.सं.२०७८ भदौ १४ सोमवार १४:२८ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...