back
CTIZAN AD

माक्र्सवादी ज्ञान केन्द्रको अध्यक्षमा मनहरि तिमिल्सिना, यस्तो छ कार्यसमिति

वि.सं.२०७८ भदौ १५ मंगलवार

1.3K 

shares

१५ भदौ, काठमाडौं । माक्र्सवादी ज्ञान केन्द्रको प्रथम साधारणसभाले मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

माक्र्सवादी विचार र शिक्षालाई जनस्तरमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित केन्द्रको वरिष्ठ उपाध्यक्षमा विश्वेश्वर कट्टेल, उपाध्यक्षद्वयमा नमिता न्यौपाने र जनार्दनबाबु कट्टेल, महासचिवमा ईन्द्रराज भट्टराई, सचिवद्वयमा हुमनाथ न्यौपाने ‘सुदीप’ र इन्दिरा न्यौपाने, कोषाध्यक्षमा बिमला केसी तथा सदस्यहरूमा कविराज पौडेल, जानुका पराजुली, मिङ्ग्मा शेर्पा, दुस्यन्त भट्टराई, भूपनारायण यादव, सागर अधिकारी, रेशमकुमार अधिकारी, पम्फा बसेल र भीमप्रसाद सुवेदी चयन भएका छन् ।

सभाको निर्णय र प्रस्ताव सार्वजनिक गर्न सोमवार आयोजित भर्चुअल कार्यक्रममा सो जानकारी दिइनुका साथै नेपालको कम्युनिस्ट आन्दोलनमा पठन संस्कृतिको विकास गरी युगसापेक्ष ज्ञान र शिक्षा प्रवर्धन गर्ने उद्देश्यले २०७७ साल फागुन १९ गते दर्ता भएको सो केन्द्रले ७७ जिल्लाका साथै सातै प्रदेशमा सङ्गठन विस्तार गरिसकिएको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाली कम्युनिस्ट आन्दोलनका लागि मात्र नभएर विश्वका कम्युनिस्टहरूकै निम्ति साझा संस्था र सम्पत्तिको रूपमा मार्क्सवादको अध्ययन, अध्यापन र अन्वेषणका क्षेत्रमा केन्द्र क्रियाशील रहने बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की र नेकपा (एकीकृत समाजवादी) का नेता डा विजय पौडेलले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै मार्क्सवादी विचार र सर्वहारा वर्गको उत्थानका लागि नयाँ पुस्तामा प्रशिक्षणलाई तीव्ररूपमा अघि बनाउनुपर्नेमा जोड दिए ।
साधारणसभाले केन्द्रको वार्षिक प्रगति र आर्थिक प्रतिवेदनका साथै विनियम, कार्यविधि, आचारसंहिता, पाठ्यक्रमको रुपरेखा पारित गरेको छ ।

पाठ्यक्रममा दर्शनशास्त्र, मार्क्सवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व एवं कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाल परिचय र विज्ञान–प्रविधिजस्ता विषय समावेश गरिएको छ । ती विषयका लागि विषय अनुसारका प्रशिक्षकको रोष्टर तयार गरी क्षमता अभिवृद्धिका लागि ठोस योजना पनि अघि सारिएको छ ।

 

वि.सं.२०७८ भदौ १५ मंगलवार ०८:५९ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...