back
CTIZAN AD

६९ अकंले घट्यो नेप्से

वि.सं.२०७८ भदौ १५ मंगलवार

735 

shares

१५ भदौँ, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) ६९ दशमलब ०५ अकंल घटेर २९७५ दशमलब ८४ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १२ दशमलब ३३ अकंले घटेर ५५० दशमलब ५३ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैंया बराबरको २ करोड ३१ लाख ०९ हजार ७ सय १३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ३० हजार ७ सय ७४ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी, अपी पावर, नेपाल बैँक, गुडविल फाइनान्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिटिजन म्यूचल फण्ड, अरुण भ्याली हाइड्रोपावर, सनराईज फस्ट म्यूचल फण्ड, नेपाल बैंक, लिमिटेड, अपि पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा कर्णाली डेभल्पमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त, सर्पोट माईक्रोफाइनान्स, कर्पोरेट डेभल्पमेन्ट बैंक, सिटिजन म्यूचल फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन भने सबै भन्दा धेरै गुमाउनेमा भने रुरु जलविद्यृत, माउटेन इनर्जी, हिमालयन उर्जा विकास कम्पनी, सिभिल लघुवित्त, घलेम्दी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा १४ कम्पनी लागनीकर्ताले कमाउदाँ १७२ कम्पनीमा लगानीकर्ताहरुले गुमाएका छन ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १५:३५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...