१५ भदौ, काठमाडौं । निरन्तर बढ्दै गएको सुनको भाउमा आज गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको पनि महाससंघद्धारा जराी विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १५:३४ मा प्रकाशित






























