back
CTIZAN AD

स्थानीय तहमा अधिवेशनको तयारी

वि.सं.२०७८ भदौ १५ मंगलवार

678 

shares

१५ भदौ, भक्तपुर । कांग्रेसले स्थानीय तहमा अधिवेशनको तयारी गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले वडा अधिवेशन गर्ने निर्णय गर्दै अधिवेशनको तयारी थालेको हो । जिल्ला सभापति दुर्लभ थापाका सभापतित्वमा सोमबार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीको १४औँ अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलको उपस्थितिमा सम्पन्न बैठकले केन्द्रले निर्धारण गरेको महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए ।वडा तहको नेतृत्व चयनका लागि १८ गते उम्मेदवार मनोनयन गर्ने र सहमति नभए २१ गते निर्वाचन गर्ने गरी तयारी भइरहेको बताइएको छ ।

वडा अधिवेशनका लागि निर्वाचन अधिकृत र जिल्ला प्रतिनिधि डेमोक्रेटिक लयर्स एसोसिएशन (डीएलए) र नेपाल शिक्षक सङ्घसँग समन्वय गरी वडावडामा खटाइने सचिव ढुङ्गेलले बताए ।

बैठकले अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न पार्टीका आम कार्यकता, शुभचिन्तक र शुभेच्छुक सबैमा आह्वानसमेत गरेको छ । जिल्लामा चार स्थानीय तहका ३८ वडा छन् । जिल्लामा कांग्रेसका १० हजार दुई सय ८६ क्रियाशील सदस्य छन् । तीमध्ये क्षेत्र नं १ मा तीन हजार सात सय ८२ र क्षेत्र नं २ मा ६ हजार पाँच सय चार जना छन् । जिल्लामा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिका–४ मा सात सय १८ सदस्य छन् भने सबैभन्दा कम भक्तपुर नगरपालिका–८ मा २५ छन् ।
रासस

वि.सं.२०७८ भदौ १५ मंगलवार १५:३० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...