back
CTIZAN AD

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन

वि.सं.२०७८ भदौ १५ मंगलवार

765 

shares

१५ भदौ, काठमाडौं । बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी घोषणा भएको छ ।

सोमवार एक कार्यक्रमकाबीच पत्रकार त्रिपाठीको नेतृत्वमा ‘एकिकृत शक्ति नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरिएको हो । उक्त पार्टीमा अध्यक्ष त्रिपाठीको नेतृत्वमा १५ पदाधिकारी र २४ सदस्य रहेको बताइएको छ ।

अध्यक्ष त्रिपाठीले राष्ट्रियता कमजोर हुँदै गएको सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको अवस्थामा हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित नयाँ पार्टी घोषणा गरिएको बताएका छन् ।

May be an image of 4 people, people standing, balloon and indoor

अध्यक्ष त्रिपाठीले जनताको समूह, तटस्थ समुह र स्वतन्त्र धारणा बनाउने समुहहरु धेरै कमजोर भइसकेको बताउँदै यो अवस्थामा नेपाली माटोको ढुकढुकी जे छ त्यो सबैले मुटुमा राख्ने र मुटुमा जे छ त्यसलाई शब्दबाट बाहिर प्रस्तुत गर्न आग्रह गरे ।

‘हामीले हाम्रो ऐजेण्डा जे बनाएका छौं, त्यो कुनै बाहिरबाट आयात गरिएको त्यो कुनै माक्स र लेनिन, गान्धि, माओत्सेतुङ नामका व्यक्तिले यो देश बनाउन योगदान दिएका थिए भन्ने मलाई लाग्दैन,’ नयाँ पार्टी घोषणा गर्दै अध्यक्ष त्रिपाठीले भने, ‘उहाँहरुलाई स्मरण गर्ने आफ्नो ठाउँहरु होलान् तर नेपालको सवलीकरणका लागि उहाँहरुलाई हामीले सम्झिरहनु पर्दैन ।’

May be an image of 12 people, people standing and indoor

उनले नेपालको सबै धर्मलाई संरक्षण गर्ने हिन्दूराष्ट्रको परिकल्पना गरेको र त्यो ऐजेन्डाका लागि आफूहरु अगाडि बढेको बताए ।
नयाँ पार्टीको घोषणापछि पार्टीका उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका पदाधिकारीहरु भद्रकाली मन्दिरमा पुगेर सपथ लिएको बताइएको छ ।

May be an image of 8 people, people sitting and people standing

वि.सं.२०७८ भदौ १५ मंगलवार १५:१० मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...