back
CTIZAN AD

राष्ट्रिय महाधिवेशन कार्तिकमा हुने

वि.सं.२०७८ भदौ १५ मंगलवार

591 

shares

१५ भदौ, काठमाडौं । नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिकमा हुने भएको छ ।

दलको सोमबार बसेको बैठकले महाधिवेशन कार्तिक २८ देखि २९ गते हुने निर्णय गरेको हो ।
बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले दलको बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोबिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ ।

No description available.

त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा प्रत्यक्ष वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टी संग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गरे । ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आवस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने  बताए ।

नेता ढकालले देशका ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गर्नु गरे । ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे ।

No description available.

बैठकले केन्द्रिय सदस्यमा श्रीमती बिष्णु कुमारी बिश्वकर्मा (कैलाली), श्री पूर्ण प्रसाद कोइराला (दैलेख), श्री केशव श्रेष्ठ (काठमाडौँ), श्री टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), श्री शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ बैठकले पिस फोर्स को केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्बेवारी दिएको छ ।

बैठकमा बोल्दै महामन्त्री बिनोद डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १५:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...