back
CTIZAN AD

नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

वि.सं.२०७८ भदौ १६ बुधवार

549 

shares

१६ भदौँ, काठमाडौँ । टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

मंगलबार सार्वजनिक भएको ड्र अनुसार पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा बेलायती खेलाडी बेथसँग प्रि क्वाटर फाइलनमा खेल्ने पक्का भएको हो । पलेशाको खेल शुक्रबार बिहान हुनेछ । उनको तौल समूहमा कूल ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पलेशाले बेलायती खेलाडीलाई हराएरमा क्वाटर फाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन् । नेपालबाट पारालिम्पिकमा पलेशाले वाइल्ड कार्डबाट स्थान बनाएकी हुन् ।

एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित छ सदस्यीय नेपाली टोली यसअघि नै जापानको टोकियो पुगिसकेका छन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन् ।

वि.सं.२०७८ भदौ १६ बुधवार ११:०९ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...