back
CTIZAN AD

स्मारक क्षेत्रमा वृक्षरोपण, बिरुवाको संरक्षण गर्न समुदायसँग सहकार्य

वि.सं.२०७८ भदौ १६ बुधवार

657 

shares

१६ भदौ, काठमाडौँ । निजामती स्मारक क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धले राष्ट्रिय शहीद स्मारकसँगै निर्माण भइरहेको निजामती स्मारक क्षेत्रमा वृक्षरोपण गरेको हो । कपुर, कल्की, तेजपातलगायत जातका पाँच फिटभन्दा अग्ला ६० बिरुवा स्मारक निर्माण क्षेत्रमा रोपिएको छ ।

निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा शहीद, निजामती र घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ ।

यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास वैरागीले स्मारक स्थलमा शालिकको शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले रोपिएका बिरुवाको संरक्षण गर्न समुदायसँग मिलेर सहकार्य गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले निजामती सेवा ऐन जारी गर्ने पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गर्न लागिएको जानकारी दिए ।

गोकर्णेश्वरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले वार्षिक रुपमा लाखौँ वृक्षरोपण गर्ने गरिए पनि त्यसको संरक्षण नहुने गरेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । बूढानीलकण्ठ–११ का अध्यक्ष राजु अधिकारीले साना बिरुवा रोपेर हुर्काउन नसकिने भएकाले पाँच फिटभन्दा अग्ला बिरुवा रोप्नेतर्फ ध्यान जानुपर्ने बताए ।

विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । ऐन जारी गर्न तत्कालीन प्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाले खेलेका भूमिकाको सम्मान गर्दै शालिक निर्माण गर्न लागिएको समितिले जनाएको छ ।
रासस

वि.सं.२०७८ भदौ १६ बुधवार १६:३७ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...