back
CTIZAN AD

नेपालले आज भारतको सामना गर्दै, यसरी हेर्नुहोस् लाईभ

वि.सं.२०७८ भदौ १७ बिहीवार

639 

shares

१७ भदौँ, काठमाडौँ । नेपाल भारतबिचकाका आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल हुन गईरहेको छ ।

आज साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ ।

भारतसितको हालसम्म गरेको प्रदर्शनको तथ्याङ्कलाई गलत सावित गर्ने योजना मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाएका छन । बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत उनले नेपालीलाई खुशी बनाउनका लागि मात्र होइन् गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गरेका छन ।प्रशिक्षक अलमुताइरीले भारतसितका दुवै मैत्रीपूणर् खेल नेपालले जित्नकै लागि खेल्ने बताए ।

नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङ पनि भारतसितका दुवै खेलमा नेपालले जित हासिल गर्नेमा ढुक्क छन । युवा टोलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्नेमा उनी आशावादी छन । भारतीय टोलीमा पनि अधिकांश खेलाडी नयाँ भएको चेम्जोङलाई हेक्का छ । त्यसैले पनि उनको मनोबल उच्च भएको पाइन्छ ।

नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बनेका छन । नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन । उनी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा छन । क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छन। त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ । क्षेत्रीले नेपालसितका ८ खेलमा ५ गोल गरेका छन

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल २ खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेल बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ९ गोल मात्र गर्न सकेको छ । विश्व फुटबल महासङ्घ (फिफा) को वरियताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८ औँ स्थानमा रहेका छन् ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूणर् खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ०को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।

नेपाल भारतबिचकाे खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन मार्फत हेर्न सकिनेछ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १०:४० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...