back
CTIZAN AD

पाँच बिघामा वृक्षरोपण

वि.सं.२०७८ भदौ १७ बिहीवार

621 

shares

१७ भदौ, लाहन । सामुदायिक वनको पाँच बिघामा वृक्षरोपण गरिएको छ ।

राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान २०७८ अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला देवी सामुदायिक वनको पाँच बिघा क्षेत्रफलमा कर्मचारीले वृक्षरोपण गरेका हुन् ।

वृक्षरोपण गरी वन क्षेत्रको विस्तार गर्ने उद्देश्यका साथ बुधबार एकै दिन सामुदायिक वनको पाँच बिघा क्षेत्रफल जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त सामुदायिक वनमा आँप, जामुन, मसला, खयर र साललगायतका जातका बिरुवा रोपेको प्रमुख दासले बताए ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको नेतृत्वमा गरिएको वृक्षरोपणमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

रासस

वि.सं.२०७८ भदौ १७ बिहीवार ११:२२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...