back
CTIZAN AD

भेरी अस्पतालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

वि.सं.२०७८ भदौ १७ बिहीवार

561 

shares

१७ भदौ, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

ृउनका अनुसार त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा–६ दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

योसँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ सङ्क्रमित बिरामीको उपचार भइरहेको छ ।

तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।
रासस

वि.सं.२०७८ भदौ १७ बिहीवार १३:२४ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...