१७ भदौ,दिल्ली । वलिवुड टिभी कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ ।
टेलिसिरियल बालिका बधु हुँदै वलिवुडमा प्रवेश गरेका शुक्लाको हृदयघातका कारण मृत्यु भएको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।
बुधवार राति सुत्नुभन्दा पहिले औषधि खाएर सुतेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको कुपर अस्पतालमा लगिएको तर त्यहाँ पुग्नासाथ उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको बताईएको छ ।
भारतको चर्चित रियालिटी हो ‘बिग बोस सिजन १३ का विजेता समेत रहेका शुक्लाको निधन के कारणले भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
मोडलिङबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका शुक्लाले २००५ मा वेष्ट मोडलको उपाधि समेत जितेका थिए । त्यसपछि टिभी सिरियलमा प्रवेश गरेका उनले ब्रोकन बट व्युटीफुल ३, बालिका बधु, दिलसे दिलतक लगायतका चर्चित सिरियलबाट चर्चामा आएका थिए ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १३:३१ मा प्रकाशित





























