back
CTIZAN AD

ओलीको पछि लाग्दा आफ्नै जिल्लामा पनि एक्लिए भीम रावल

वि.सं.२०७८ भदौ १७ बिहीवार

687 

shares

भदौ १७, काठमाडौं । पार्टी विभाजनको अन्तिम समय माधवकुमार नेपाललाई छाडेर एमालेतिर फर्किएका भीम रावल आफ्नै जिल्लामा एक्लिएका छन् । रावलले अछामको पार्टी पंक्ति मात्रै होइन् एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि आफ्नो पक्षमा ल्याउन सकेनन् ।

अछामबाट निर्वाचित सबै प्रदेशसभा सदस्यहरुले एकीकृत समाजवादी रोजेका छन् । प्रदेश सभा सदस्य मिना साउँदा, दुर्गा विक र बलबहादुर सोडारीले नेकपा (एस)तर्फ सनाखत गरिसकेका छन् ।

एमालेका जिल्ला अध्यक्ष बनेका शेरबहादुर कुँवर पनि नेकपा (एस) तिर लागेका छन् ।

अधिकांश स्थानीय जनप्रतिनिधि नेकपा (एस) तिरै

२०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुखसहित एक गाउँपालिकाको अध्यक्ष जितेको थियो । जसमध्ये एक गाउँपालिका र एक नगरपालिकाका प्रमुखले नेकपा (एस) रोजेका छन् ।

नेकपा (एस) रोज्नेमा साँफे नगरपालिकामा प्रमुखमा जितेका कुलबहादुर कुँवर र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद हुन् । रावलको पक्षमा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरो मात्रै देखिएका छन् ।

सम्बन्धित समाचार

सुदुरपश्चिम र प्रदेश २ मा माधवको पार्टी एमालेभन्दा ठूलो, कुन प्रदेशमा कसको संख्या कति ?

वि.सं.२०७८ भदौ १७ बिहीवार १३:४९ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...