१७ भदौँ, काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १४:२१ मा प्रकाशित


























