१७ भदौँ, काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले आज ९भदौ १७ गते० देखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनएमबि सरल बचत फण्ड(ई’ निष्काशनमा ल्याएको हो ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि सरल बचत फण्ड – इ (खुलामुखी योजना)ले प्रति इकाई मूल्य रु.१० दरको १० करोड
इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको छ ।
कूल इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १० लाख योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाईको सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। लागनीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १४:३८ मा प्रकाशित


























