भदौ १७, काठमाडौं । प्रदेश-२ मा नेकपा एमालेका ११ प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । बिहीबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सभा सदस्यले सनाखत गरेका हुन् ।
प्रदेश सभा सदस्य डिल्ली उप्रेती उपचारको क्रममा भारतको नयाँ दिल्लीमा छन् । उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र पठाएर सनाखत गराएका छन् ।
बिहीबार नेकपा (एस)को पक्षमा सत्रुध्न महतो, चन्द्रसेन प्रसाद श्रीवास्तव, मञ्जु यादव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, प्रमोद यादव, हसिमा खातुन, अशोक यादव छन् ।
नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भने शुक्रबार या आइतबारमात्रै सनाखत गर्ने बताइएको छ । योसँगै नेकपा (एस)को पक्षमा १३ सांसदले सनाखत गर्ने देखिएको छ ।
२१ प्रदेश सभा सदस्य एमालेमा पार्टी विभाजन पूर्व नै माधवकुमार नेपाल पक्ष तिर १३ सांसद छन् । ती सबैले नवगठित नेकपा (एस) रोजेका हुन् ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १६:१५ मा प्रकाशित






























