back
CTIZAN AD

मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

वि.सं.२०७८ भदौ १७ बिहीवार

582 

shares

१७, काठमाडौँ । मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई र लक्ष्मी बैंकको २० लाख इकाई ऋणपत्र सूचिकृत भएको हो ।

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म ७ वर्ष अवधिको ८.७५ प्रतिशत ब्याजदर भएको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

त्यसैगरी लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि साउन ५ गतेसम्म १० वर्ष अवधिको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।

लगानीकर्ताले उक्त ऋणपत्र आइतबार देखि खरीदविक्री गर्न सक्नेछन् ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:१७ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...