back
CTIZAN AD

गण्डकी प्रदेशमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्याः आज १८२ संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १७ बिहीवार

738 

shares

१७ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ ।

प्रदेशमा आज १८२ जनामा कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

आज मृत्यु भएका १ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३०१ जा पुगेको छ ।

प्रदेशमा बिहीवार म्याग्दीमा ३, पर्वतमा १०, लमजुङमा ५, तनहुँमा ९, कास्कीमा ९३, वागलुङमा १६, स्याङजामा ३४ र नवलपरासीपूर्वमा १२ जना गरी १८२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ९३ महिला र ८९ जना पुरुष रहेका छन् ।

बिहीवार थपिएका १८२ जनासँगै प्रदेशमा हालसम्म ८१ हजार ९९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७७ हजार ३ ५७९ जना निको भइसकेका छन् । बिहीवार प्रदेशमा २६९ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ३,११२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २,६६१ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९१६ वटा नमुना परीक्षण गरिएको थियो ।

गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु, २८८ संक्रमित

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:२२ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...