भदौ १८, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रर्दशन भएको छ । एमसीसी खारेज राष्ट्रिय अभियानको आव्हानमा दूतावासअघि प्रर्दशन गरिएको हो ।
प्रहरीले दूतावासअघि प्रदर्शन गर्ने यूवाहरुलाई तत्कालै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई प्रहरीले महाराजगञ्जमा राखेको छ ।
एमसीसी सम्झौतालाई अगाडि बढाउने उद्देश्य स्वरुप एमसीसीकी उपाध्यक्षसहितको टिम नेपाल आउने तरखर हुँदै गर्दा पछिल्लो समय देशव्यापी रुपमा एमसीसीविरुद्व प्रदर्शन हुन थालेको छ । केन्द्रीय राजधानी काठमाडौंमा नियमित जसो प्रदर्शन भईरहेको छ ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:२२ मा प्रकाशित






























