back
CTIZAN AD

पर्यटनलाई गति दिन सरकार र निजी क्षेत्रबीच सहकार्य

वि.सं.२०७८ भदौ १८ शुक्रवार

702 

shares

१८ भदौ, गण्डकी । पर्यटनलाई गति दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवरश्यक भएको छ ।

कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकोे हो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा वीरगञ्जमा बिहीबार आयोजित छलफल एवं अन्तक्र्रियामा थलिएको पर्यटनलाई बचाउनु पहिलो आवश्यकता भएको जनाउँदै वक्ताहरूले यसका लागि सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यक भएको बताए ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको र कोरोनाको त्राससँगै सो लगानी जोखिममा परेको उल्लेख गर्दै कार्यक्रमका सहभागीले पर्यटनलाई कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गरेका छन् । धेरैजसो व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमानाका खुलाउनुपर्नेमा वक्ताहरूको जोड छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनमैत्री कानुन निर्माण एवं सहजीकरण गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । गण्डकी प्रदेश र प्रदेश नं २ बीच युगौँदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पोखरा–सिमरा सिधा उडानले दुई प्रदेशबीचको सम्बन्धलाई अझै नजिक तुल्याएको बताए ।

पर्यटकका लागि सामाजिक सुरक्षाका साथै भौतिक पूर्वाधार राज्यको दायित्व भएको जनाउँदै मन्त्री कँडेलले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पर्यटकीय नगरी र आर्थिक नगरीबीचको सिधा हवाई सम्पर्कले पर्यटकीय एवं आर्थिक गतिविधि बढेर जाने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकलाई स्वदेशी एवं विदेशी भनेर विभेद गर्न नहुने उल्लेख गर्दै पोखरासँगको पर्यटकीय साझेदारीमा आफूहरू तयार रहेकामा जोड दिए । विवाहलगायतका समारोह गर्ने गरी पूर्वाधार विकास गर्न सकेमा पनि पर्यटनमा टेवा पुग्ने उनले बताए ।

नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाईँले पोखरा–सिमरा सिधा उडानले गण्डकी प्रदेश र प्रदेश नं २ को पर्यटकीय साझेदारीमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कोरोनाका कारण प्रभावित पर्यटनलाई बचाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सरकारले नियम बनाउने तर कार्यान्वयनमा नल्याउनेजस्ता समस्या रहेकामा जोड दिए । उनले पर्यटनका लागि कर्मचारीलाई बिदा दिने विषयको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक भएको उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि कनेक्टिभिटी अपरिहार्य हुने बताउँदै प्रदेश–प्रदेशबीचको सिधा हवाई सम्पर्कलाई विस्तार गर्नुपर्ने बताए । प्रदेश नं २ का साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन सिधा हवाई सम्पर्क महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी आवश्यक भएको उल्लेख गरे ।

नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा सिधा उडानका लागि नाट्टाले लामो समयदेखि पहल गरेको र यो सम्भव भएको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय सम्बन्ध र सहकार्य बढेर जाने बताए ।

बुद्ध एयरका सञ्चालक परासरजङ्ग पाण्डेले पोखरा–सिमरा उडानले दुई प्रदेशलाई जोड्ने काम गरेको जनाउँदै यस उडानलाई व्यवस्थित गर्दै लगिने बताए । नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं आन्तरिक पर्यटन पुनःउत्थान कार्यक्रमका संयोजक हरिराम अधिकारीले थलिएको पर्यटनलाई बचाइराख्न सरकार र निजी क्षेत्रबीच साझेदारीको विकल्प नभएको उल्लेख गर्दै सरकारले राहत एवं पुनःउत्थानका कार्यक्रमलाई नीतिगतरूपमा मात्र नभई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

कोरोनाले थलिएको पर्यटनलाई बचाउनु अहिलेको आवश्यकता भएको पश्चिमाञ्चल होटल सङ्घका द्वितीय उपाध्यक्ष दीपक श्रेष्ठले बताए । “सरकार र निजी क्षेत्रबीच साझेदारी गर्दै थलिएको पर्यटनलाई बचाउनु अपरिहार्य छ”, मम्स गार्डेन रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने, “सरकारले पर्यटन लक्षित प्याकेजका कार्यक्रम घोषणा मात्र गरेर हुँदैन त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु जरुरी छ ।”

नाट्टा गण्डकी प्रदेशका महसचिव कमला गिरीका अनुसार पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री कँडेलसहितको पोखरेली टोलीले शुक्रबार सरोकारवालाबीच थप अन्तक्र्रिया एवं औद्योगिक क्षेत्रको भ्रमण गरी पोखरा फर्कने कार्यक्रम छ ।
रासस

 

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:१६ मा प्रकाशित

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...