back

पोर्चुगलमा “नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन” को स्थापना

वि.सं.२०७३ फागुन १३ शुक्रवार

519 

shares
IME Limited
NTC AD

photo2

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्चुगलको जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुले “नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन” को स्थापना गरेका छन । जाम्बुजेइरा दु मारमा आज सम्पन्न भेलाले एशोशिएशनको स्थापना गरेको हो ।

भेलामा सहभागीहरुले पोर्तुगलमा रहेका संघ संस्थाहरु नेपाली मरेपछि लाश बुझ्ने, फोटो खिचेर फेसबुकमा ट्याग गर्ने, राजनीति गर्ने, हजारौ गुनासा हुँदा पनि एउटै समस्याको निकास दिननसक्ने गरेको तीतो याथार्थ औल्याए ।

छलफलपछि सामाजिक तथा साँस्कृतिक क्रियाकलाप संचालन गर्ने, नेपालीहरुबीच सहयोग समन्वय र सद्भाव वृद्धि गर्ने, नेपाली र पोर्तुगीस समुदायबीच सेतुको काम गर्ने, नवागन्तुक नेपालीका लागि क्षमता अभिवृद्धि गर्नेलगायतका उद्देश्य राखेर एशोशियशन दर्ता गर्ने निर्णय गरिएको छ ।

photo1

एशोशियनका लागि २४ सदस्सीय कार्यसमितिको निर्विरोध चयन भएको छ । अध्यक्षमा भुपेन्द्र बस्नेत, उपाध्यक्ष वृहस्पति कँडेल, सचिव मधुसुदन सापकोटा, सहसचिव प्रकाश पौडेल, कोषाध्यक्ष पेम्छिरी शेर्पा र सहकोषाध्यक्षमा सुनिता कुँवर रहेका छन । सदस्यहरुमा रुपेश शाह, सूर्य शर्मा, पुनम बानियाँ, नन्दलाल कँडेल (रामु), राजकुमार उप्रेती, बासु सत्याल, ङ्वाङ्ग दावा शेर्पा, लक्ष्मण शर्मा, दुर्गा मल्ल, जीवन थापा, प्रवीण गिरी, राजन गुरुङ, विश्व घिमिरे, दावा शेर्पा, विनोद मरासिनी, डम्मर खत्री, बमबहादुर जीसी र निलकण्ठ घिमिरे रहेका छन ।

संस्थाको विधान तयार गर्न प्रवीण गिरीको संयोजकत्वमा ४ सदस्सीय विधान मस्यौदा समिति बनाइएको छ । मस्यौदा समितिमा रुपेश शाह, सूर्य शर्मा र राजकुमार उप्रेती सदस्य रहेका छन । संस्थाका लागि आर्थिक संकलन उपसमितिमा पेमछिरी शेर्पा संयोजक, दुर्गा मल््ल, नन्दलाल कँडेल, ङ्वाङ्ग दावा शेर्पा, रोशन तामाङ, विनोद मरासीनी र लक्ष्मण शर्मा सदस्य रहेका छन ।

भेलाले राजन गुरुङ संयोजक र काजीमान गुरुङ उपसंयोजक रहेको खेलकूद उपसमिति र लक्ष्मण शर्मा संयोजक र दीपकराज गुरुङ उपसंयोजक रहेको साँस्कृतिक उपसमिति पनि गठन गरेको छ ।

भेलामा भुपेन्द्र बस्नेत, योगेन्द्रमिलन छन्त्याल, वृहस्पति कँडेल, प्रभास चौलागाईं, रुपेश शाह र प्रकाश पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । बासु सत्यालले कार्यक्रमको संचालन गरेका थिए ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ०३:५२ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...