back
CTIZAN AD

चुनाव घोषणापछि पाल्पामा उत्साह

वि.सं.२०७३ फागुन १३ शुक्रवार

843 

shares

१३ फागुन,रामपुर (पाल्पा)। सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै जिल्ला सदरमुकाम तानसेनसँगै गाउँगाउँका जनता खुसी भएका छन् । सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेलगत्तै यहाँका जनता उत्साहित भएका हुन् ।

गाउँदेखि जिल्ला सदरमुकाम तहसम्म चुनावको मिति घोषणा भएपछि खुसियाली छाएको छ । स्थानीय निकायको चुनाव भएपछि गाउँका विकास निर्माण तथा विभिन्न समस्याको अन्त्य हुनेमा यहाँका जनता आशावादी रहेका छन् ।

अहिले गाउँ, बजार, नगर, सदरमुकाम लगायतका स्थानमा चुनावको विषयमा चर्चा चल्न थालेको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव झपेन्द्र गहिरेले बताउनुभयो । अब हुने स्थानीय निकायको चुनावमा जनताले असल, कुशल, राजनीतिक व्यक्तिको छनौट हुने आशा लिएको रामपुरका स्थानीय बासिन्दा ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।

तोकिएको समयमा जनताले असल नेतृत्वदायी व्यक्तिलाई छनौट गर्न पाउनुपर्ने र जिल्लामा क्रियाशील सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय, जनताले यो चुनावलाई राम्रोसँग सम्पन्न गर्न राजनीतिकर्मीले आग्रहसमेत गर्न थालेका छन् ।

राजनीतिक चलखेल नभई तोकिएको मितिमा नै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका जनताले अनुरोध गरेको सामाजिक व्यक्तित्व लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ०४:४८ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...