२० भदौँ, काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ १९ शनिवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ८१ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५३ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश बितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

वि.सं.२०७८ भदौ २० आइतवार १३:२८ मा प्रकाशित


























