भदौ २०, काठमाडौं । प्रदेश नं. २ का थप दुई सांसदले नेकपा (एमाले) छाडेका छन् । आइतबार सांसदद्धय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।
दुवैले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् ।
प्रदेश २ मा नेकपा (एमाले)का २१ सांसद छन् । १३ सांसदले नेकपा (एस) रोजेसँगै एमाले ८ सांसदमा खुम्चिएको छ ।
वि.सं.२०७८ भदौ २० आइतवार १३:२० मा प्रकाशित






























