back
CTIZAN AD

अमेरिकामा २६ वर्षीय नेपाली युवाको मृत्यु

वि.सं.२०७८ भदौ २० आइतवार

684 

shares

२० भदौ, काठमाडौं । अमेरिकामा २६ वर्षीय नेपाली युवाको मृत्यु भएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका झापाका २६ वर्षीय सुमन पोखरेलको अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ ।

क्यालिफोर्नियाको दि व्हाइट जोन क्यालिफोर्निया (गैरमुनाफा सामाजिक संस्था)ले पोखरेलको शव नेपाल पठाउने या अमेरिकामा अन्तिम संस्कार गर्ने भनि खर्च जुटाउन गो फण्ड मी खाता समेत खोलेको छ ।

चार वर्षदेखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका उनलाई शनिबार (सेप्टेम्बर ४) का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको बताइएको छ ।

गत बर्ष मात्रै नेपाल आएर बिबाह गरेर अमेरिका पmिर्कएका सुमनकी २२ बर्षिय श्रीमती छनर भने उनी बुवाआमाका एक मात्र सन्तान रहेको बताइएको छ । यस दुखद घडीमा सँस्थाले सबैबाट सहयोगको अपेक्षा सहित आह्वान र अपिल समेत गरेको छ ।

सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६ः३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार डलर संकलन भै सकेको बताइएको छ ।

वि.सं.२०७८ भदौ २० आइतवार १७:०६ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...